नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्यमा जटिलता देखिएको छ । उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।
अहिले उनको भेन्टिलेटरमा राखेर उपचार हुँदैछ । सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् । लामो समयदेखि अस्वस्थ रहेकी उनको स्वास्थ्य निरन्तर कमजोर बनिरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया