चरित्र हत्या हुनेगरी निर्वाचनको प्रचार गर्नु हुन्न : प्रमुख निर्वाचन आयुक्त थपलिया

लोकपथ
26
Shares

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चरित्र हत्या हुनेगरी निर्वाचनको प्रचार नगर्न निर्वाचनका उम्मेदवारलाई सचेत गराएका छन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले नो नट अगेन भने पनि हुने तर गालीगलौजको भाषामा अर्को उम्मेदवारको चरित्र हत्या गर्ने काम नगर्न सबै उम्मेदवारहरुलाई पुनः सचेत गराएका हुन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनलाई द्वेषपूर्ण, घृणास्पद अभिव्यक्ति दिएर दुषित नपार्न भन्दै आयोगले स्पष्टिकरण सोधेको बताए । उनले विज्ञहरुलाई पनि निर्वाचनमा गालीगलौजको भाषा प्रयोग नगर्न उम्मेदवारलाई सुझाव दिन आग्रह समेत गरे ।

कार्यक्रममा प्रमुख आयुक्त थपलियाले आयोगले संचार संस्थाको अनुगमन नगर्ने बताए। आयोगले आचारसंहीता पालना भए नभएको मात्र हेर्ने भएकोले कुनै शाखाले त्यस्तो स्पष्टिकरण सोधेको भए सच्याउने बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले सञ्चार माध्यामहरुले निर्वाचन आचारसंहिता पालना गरे/नगरेको अनुगमन गर्ने काम आयोगको नभई प्रेस काउन्सिल नेपालको भएको पनि पटकपटक बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?