‘आचारसंहिता कडा कानुनभन्दा नैतिकता हो’

लोकपथ
78
Shares

सप्तरी । सप्तरीका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले आचारसंहिता कडा कानुनभन्दा पनि नैतिक आधार भएको बताएका छन् । जिल्ला निर्वाचन कार्यालय सप्तरीले आज राजविराजमा आयोजना आचारसंहितासम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचन आचारसंहिता उल्लङ्घनको घटनालाई सूक्ष्म ढङ्गले नियालिरहेको बताए ।

आचारसंहिता पालनाकै विषयमा सर्वदलीय बैठक बसेर राजनीतिक दल तथा उम्मेदवारलाई पटक–पटक सचेत गराएको जानकारी दिँदै अधिकृत रावलले भने, ‘एकपटक फेरि सचेत गराउने हो, नमाने निर्वाचन आयोगमा लेखेर पठाउने हो ।’ सरकारी कर्मचारीबाट आचारसंहिता उल्लङ्घन भइरहेको समाचार सञ्चारमाध्यममा आएपछि आयोगमा तत्कालै जानकारी गराएको उनले बताए ।

कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जिल्लामा आचारसंहिता उलङ्घन भइरहेको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने बताए । कतैबाट निर्वाचनलाई भाँड्न सक्ने खालको अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा निकाय सतर्क रहेको पनि उनले स्पष्ट पारे ।

आचारसंहिता अनुगमन अधिकृत शरणहरि लुइँटेलले जिल्लामा हुने घटनालाई अनुगमन गरेर नियन्त्रण गर्नुपर्ने बताए । उनले केही मात्रामा भइरहेको आचारसंहिता नियन्त्रण गर्न सबैलाई आग्रह गरे । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले कतैबाट निर्वाचन भाँड्ने प्रयास गरिए त्यसलाई निस्तेज पारेर भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रहरी तयार रहेको बताए ।

आम निर्वाचनका लागि एक हजार छ सय ३६ नेपाल प्रहरी, तीन हजार दुई सय ७८ म्यादी प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको भन्दै राजविराजमा रहेको विमानस्थालमा सुरक्षा व्यवस्थासमेत कडा गरिएको बताए । साथै निर्वाचनको आचारसंहिता र पत्रकारहरूले कसरी रिर्पोटिङ गर्ने विषयमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष श्रवणकुमार देवले जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?