काठमाडौं–५ मा ईश्वर पोखरेलले थाले घरदैलो

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी प्रचारप्रसारलाई तिब्र पारेको छ । पार्टीले आसन्न मंसिर ४ को निर्वाचनका लागि आफ्ना पार्टीबाट उम्मेदवारी दिएकाहरुलाई बहुमतले जताउन आग्रह गर्दै चुनावी प्रचारप्रसारलाई तिब्र पारेको हो । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आफै उपस्थित भएर घरदैलो अभियानलाई तिब्र बनाएका छन् ।

एमालेको तर्फबाट प्रदेश सदस्यका लागि दीपक निरौला र नारायण सिलवालले पनि चुनावी प्रचारप्रसारको कार्यक्रमलाई तिब्रता दिएका छन् । निर्वाचन आयोगले तोकेको सीमामा रहेर आफूले चुनावी प्रचारप्रसार गरेको एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ छ । उनले नेकपा एमालेले गरेका कामहरुबाट आम नागरिकहरु खुशी भएको चुनावी प्रचारप्रसारका क्रममा नागरिकहरुबाट प्राप्त प्रतिक्रियाले जनाएको बताए ।

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचनमा सहभागी विभिन्न राजनीतिक दलहरुले आफ्नो प्रचारप्रसारलाई तिब्रता दिइरहेका छन् । नेकपा एमालेसहित, नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० लगायतका दलहरुले पनि आफ्ना विभिन्न ५ वर्षे एजेण्डाहरु लिएर जनतामाझ भोट माग्न गइरहेका छन् । पार्टीका शीर्ष नेताहरुको विभिन्न जिल्ला दौडधुप बढ्दो छ ।

निर्वाचन आयोगले आयोगको निर्वाचन आचारसंहीता भित्र रहेर पार्टी र उम्मेदवारहरुले ¥याली, गोष्ठी, सेमिनार, सभा गर्न पाउने उल्लेख गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुले निर्वाचन आचारसंहीताको उल्लंघन गरे कारबाहीको भागिदार बन्ने पनि निर्वाचन आयोगले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?