मतदाताको गुनासा र सुझाव लिन प्रदीप पौडेलले सार्वजनिक गरे हटलाइन नम्बर

लोकपथ
195
Shares

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले हटलाइन नम्बर सार्वजनिक गरेका छन् । पौडेलले काठमाडौं ५ का मतदाताका समस्या र सुझाव संकलनका लागि हटलाइन नम्बर (९८८०२९८८०२) सार्वजनिक गरेका हुन् ।

जसमा मतदाताले आफ्नो क्षेत्रमा भएको समस्या, गुनासा र सुझाव रकेर्ड गराउन सक्नेछन् । उक्त सुझावले आफूलाई काठमाडौं ५ को विकासका लागि मार्गनिर्देशन गर्ने पौडेलले बताए ।

‘चुनावी घरदैलोमा प्रत्येक मतदाताकहाँ जानेक्रममा कतै सम्पूर्ण सदस्य कामकाजमा व्यस्त भएकाले निवासमा भेटिनुभएन भने कतै परिवारका पुरा सदस्यलाई भेट्न पाइएन,’ प्रदीपले भने, ‘जसलाई मैले चाहेर पनि भेट्न सकिन उहाँहरुले फोनबाटै सल्लाह सुझाव दिनुहुनेछ भनेर हटलाइन नम्बर सार्वजनिक गरेको हुँ । तपाईंहरुको सुझाव काठमाडौं ५ का निमित्त मार्गनिर्देशन बन्नेछ । त्यही सुझावलाई नै आत्मसाथ गर्दै अघि बढ्नेछु ।’

सार्वजनिक नम्बरमा पौडेलसहित काठमाडौं ५ को प्रदेश सभातर्फका उम्मेदवारलाई मतदाताले आफ्नो क्षेत्रको समस्या र सुझाव दिन सक्छन् ।
काठमाडौं ५ को प्रदेश सभा ‘क’मा कांग्रेसका भैरव सापकोटा र प्रदेश ‘ख’ मा श्यामबहादुर खड्का चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?