प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्यादेवी शर्मा जेल चलान

लोकपथ
28
Shares

काठमाडाैँ । बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय जनमुक्ति पार्टीबाट बाँके क्षेत्र नं. २ की उम्मेदवार विद्यादेवी शर्मा सरकारी कागजात कीर्ते अभियोगमा जेल चलान भएकी हुन्। उम्मेदवारी दर्ता गराएको केही बेरमै उनलाई प्रहरीले पक्राउ गरेको हो । शर्मालाई छोरीको जन्मदर्ताका कागजात किर्ते गरेको आरोपमा अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

यससँगै बाँके कारागारमा महिला राख्ने स्थान अभाव भएको भन्दै शर्मालाई बर्दिया कारागार चलान गर्नुपरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत नुमानन्द अधिकारीले भने दोषी ठहर नहुँदासम्म ४३ वर्षीया शर्माको उम्मेदवारी कायम रहने र कारागारभित्र बसेर पनि निर्वाचन लड्न पाउने व्यवस्था रहेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?