काठमाडौँ । मंंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचनले गर्दा नेताहरु जसोतसो मतदाता रिझाउनमा ब्यास्त छन् । प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चुनावी प्रचारको लागि घर दैलो कार्यक्रम शुरू गरेका छन् । उनले मोरङको क्षेत्र नं ६ बाट उम्मेदवारी दिएका छन् ।
चुनाव प्रचारको क्रममा आइबार विहान विराटनगर–११ मा कोइरालाले मतदातासँग भेटघाटा र चुनावी सभालाई सम्बोधन गरेका छन् । भेटघाटका क्रममा मतदाताले आफूले लामो समयदेखि नागरिकता नपाएको, नागरिकता विधेयक अलपत्र पारिएको लगायतका विषयमा गुनासो गरेका थिए ।
नेता कोइरालाले सर्वसाधारणलाई जवाफ दिदै भने राष्ट्रपतिले संविधान नमान्दा नागरिकता विधेयक अलपत्र परेको हो । हामीले ल्याउन खोजेको अथक प्रयास सम्पूर्ण भण्डारीले असफल गराईदिएको बताएका छन् ।
त्यसो त मंसिर ४ को चुनावपछि बन्ने गठबन्धन सरकारले नै नागरिकता सम्बन्धी समस्या समाधान गर्ने उनले बताएका छन् । विराटनगर–११ का स्थानीयले नागरिकता बनाउन नपाउँदा उमेर पुगेका सर्वसाधारणले राज्यबाट पाउने सेवा सुविधा लिन नपाएको गुनासो गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया