कांग्रेस केन्द्रीय सदस्य गुरुङलाई पत्नी शोक

RSS
39
Shares

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङलाई पत्नी शोक परेको छ । गुरुङकी श्रीमती शिरमाया गुरुङको आज बिहान ५ः२० बजे फोक्सोको क्यान्सरका कारण निधन भएको हो । उनको जन्म वि.सं.२००५ भदौमा स्याङ्जाको भिरकोटमा भएको हो ।

उनका तीन छोरा र दुई छोरी छन् । उनको सोमबार दिउँसो १२ः३० बजे गुरुङ संस्कारअनुसार देवघाटमा अन्त्येष्टि गरिँदैछ । उनका श्रीमान् टेकप्रसाद नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत हुन् । कांग्रेस चितवनले शिरमायाको निधनप्रति दुःख व्यक्त गरेको छ ।

जिल्ला सभापति राजेश्वर खनालले उनको निधनले नेपाली कांग्रेसलाई अतुलनीय क्षति भएको बताए । स्वर्गीय गुरुङले पार्टीमा पु¥याएको योगदानको कांग्रेसले सम्मान गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?