२० माघ २०७९, शुक्रवार

हामी आश्वासन होइन, विकास गर्छौँ : मन्त्री कार्की

२०७९,कार्तिक,१९,शनिवार २२:००

54
Shares

सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेस झुठा आश्वासनभन्दा पनि विकासप्रेमी पार्टी भएको बताएका छन् । सुनसरीको हरिनगर गाउँपालिका–७ घुस्कीमा आज आयोजित पार्टी प्रवेश तथा सुनावीसभामा उनले नेकपा (एमाले) का उमेदवारले झुठा सपना देखाएर जनतालाई भुलाउने गरेकाले मुलुकको हित र विकासमा कहिल्यै ध्यान नदिएको बताए ।

वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर ४ का उम्मेदवार रहेका सरकारका प्रवक्ता कार्कीले कांग्रेस सपना बाँड्ने पार्टी नभइ सपना पूरा गर्ने पार्टी भएको दाबी गरे । ‘विकास विनाको राजनीति खोक्रो नारा मात्रै हुने भएकाले कांग्रेसले जे बोल्छ, त्यो पूरा गर्छ’, मन्त्री कार्कीले बताए ।

एमालेले मुलुकमा दुईपटक प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्र र प्रजातन्त्रलाई सखाप गर्ने तथा अधिनायकवाद शासन व्यवस्था स्थापित गर्न खोजेको उनको आरोप छ । कांग्रेस कुनै एउटा जात, धर्मको पार्टी नभइ सबै जातजाति, भाषाभाषीको साझा पार्टी भएकाले नेपाली जनताको हितका लागि हरेक समयमा जनताको पक्षमा उभिएको मन्त्री कार्कीले दाबी गरे ।

मुलुकको विकास, संविधान, लोकतन्त्रको रक्षा र जनताको सुरक्षाको प्रत्याभूति गर्ने पार्टी कांग्रेस भएकाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारलाई निर्वाचित गराउनका लागि आग्रह गरे ।

प्रकाशित मिति: २०७९,कार्तिक,१९,शनिवार २२:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सर्वोच्च अदालतमा यातायात सुरक्षासम्बन्धी आवश्यक सुरक्षा मापदण्ड संशोधन गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

रुपन्देही । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट रकमान्तर गर्ने परिपाटी आगामी आर्थिक वर्षदेखि पूर्णरूपमा रोक्ने गरी बजेट नीति तथा

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले पार्टीको दशौँ महाधिवेशनका दस्तावेज र सङ्ग्रहणीय गतिविधि समेटेर स्मारिका प्रकाशन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको

ताजा समाचार

विदेशीन लागेका १२ महिलाको उद्धार
 २०७९,माघ,२०,शुक्रवार २०:३२