सरकार अपराध नियन्त्रण गर्न असफल : अध्यक्ष थापा

ताप्लेजुङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा हत्या, हिंसा, भ्रष्टाचार निवारण नियन्त्रण गर्न सरकार असफल भएको बताएका छन् । 

प्रदेश १ र २ का केही जिल्लाको संगठन सुदृढीकरण तथा कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष थापाले सो कुरा बताएका हुन् । 

शनिबार आयोजित पत्रकार सम्मेलनमा थापाले ‘आम नेपालीको विश्वास स्थिर सरकार भएपछि शान्ति, सुरक्षा, सुव्यवस्था हुन्छ, विकासले गति पाउँछ भन्ने थियो, तर दुःखका साथ भन्नुपर्छ जनताको आशाअनुसारको काम हुन सकेन र आश गर्ने ठाउँ पनि देखिएन ।’

कञ्चनपुरकी बालिका निर्मला पन्त, पूर्व राजदुत हत्याको उदाहरण दिदैँ अध्यक्ष थापाले सरकार अपराध नियन्त्रणमा असफल भएको दाबी समेत गरे । 

त्यस्तै राप्रपा छोडेर कार्यकर्ताहरुलाई पार्टीमै फर्किन आह्वान समेत गरेका छन् । 

वर्तमान सरकारले राम्रो काम गर्न नसकेको र प्रतिपक्षी दल नेपाली कांग्रेस पनि सत्तामा रहँदा असफल भइसकेको उनले भने । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?