काठमाडौंबाट रूकुमकोट जाँदै गरेको बस त्रिशुलीमा दुर्घटना

लोकपथ
91
Shares

काठमाडौं । काठमाडौंबाट रूकुमकोट जाँदै गरेको बस त्रिशुली नदीमा दुर्घटना भएको छ । आज शनिवार राति करिब सवा ६ बजेको समयमा बेनिघाट रोराङ गाउँपालिका–१० हुग्दिखोलास्थित त्रिशुली किनारमा बस पल्टिएको प्रहरीले बताएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङकाअनुुसार बा ४ ख ५७९० नम्बरको बस सडकबाट २०० मिटर तल खसेको छ । दुर्घटना हुँदा चालकसहित १६ जना घाइते भएको र उनीहरूको उपचारका लागि स्थानीय मेडिकल पठाएको प्रहरीको भनाइ छ ।

हाल घटनास्थलमा इलाका प्रहरी कार्यालय गजुरीबाट डिएसपीको कमान्डमा प्रहरीको टोली खटिएको छ। घाइतेहरूको थप विवरण आउन बाँकी रहेको पनि प्रहरीले बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?