ऊर्जामन्त्री वर्षमान पुन अस्पताल भर्ना

काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन् । 

उनलाई शुक्रबार राति काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो । 

ऊर्जामन्त्री पुनको सचिवालयका अनुसार उनलाई छातिमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको जानकारी दिए ।

मन्त्री पुनको उपचारमा डा. यादव भट्ट लगायतको टोली संलग्न छ ।

यसअघि जण्डिस बिग्रिएपछि पुनलाई थाइल्याण्डमा उपचार गरिएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?