गठबन्धनका उम्मेदवारलाई विजयी गराउन पूर्व जनमुक्ति सेना प्रतिबद्ध

लोकपथ
28
Shares

कोहलपुर । पूर्व जनमुक्ती सेनाका प्रतिनिधिहरुले पाँच दलिय वाम–लोकतान्त्रीक गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउने बताएका छन । शनिवार बिहान पूर्व जनमुक्ती सेनाका प्रतिनिधि तथा उम्मेदवारबीच कोहलपुरमा भएको भेटघाट तथा छलफलमा उनिहरुले बाम–लोकतान्त्रीक गठबन्धनका उम्मेदवारलाई जिताउने प्रतिबद्धता जनाएका हुन ।

आफूूहरुको त्याग र बलिदानबाट प्राप्त ब्यवस्था र संविधानको रक्षार्थ पाँच दलिय गठबन्धनले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै उनिहरुले आफूूहरु सधैं अग्रगमनको पक्षमा रहेको बताए । महान जनयुद्ध र दोस्रो जनआन्दोलनबाट व्यवस्था बदलिए पनि आम नागरीकको अवस्था भने उस्तै रहेको भन्दै आगामी निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले आम जनताको अवस्था बदल्ने गरी काम गर्नुेपर्नेमा उनिहरुले जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै गठबन्धनको तर्फबाट बाँके क्षेत्र नम्बर १, प्रतिनिध सभा सदस्य पदका उम्मेदवार एवम् युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले अहिलेको व्यवस्था ल्याउनमा जनमुक्ती सेनाले खेलेको भूूमिका अतुलनिय रहेको बताए । उनले आफ्नो ज्यानको बाजी राखेर व्यवस्था परिवर्तनको आन्दोलनमा होमिएका ज्ञात तथा अज्ञात सहिदहरुको सपना साकार पार्ने दायित्व गठबन्धको काँधमा आएको भन्दै गठबन्धनका उम्मेदवारहरुलाई जिताउने गरी अभियान चलाउन आग्रह गरे ।

“दश वर्षे जनयुद्धले वर्षौदेखी जरा गाडेर बसेको व्यवस्थाको अन्त्य गर्‍यौं”, माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका अथकले भने, “यो तपाई हामी सबैको देन हो । यसलाई संरक्षण गर्ने दायित्व अब हाम्रो काँधमा आएको छ ।” कार्यक्रममा बोल्दै प्रदेश सभा (ख) का उम्मेदवार फुलाराम थारुले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन सबै लाग्नुपर्ने बताए ।

हिजो परिवर्तनका लागि लडेका योद्धाहरु नै गठबन्धनको चुनावी कमाण्डरका रुपमा मैदानमा उत्रिनुपर्ने अवस्था आएको भन्दै दत्तचित्त भएर लाग्न थारुले आग्रह गरे । विभिन्न कालखण्डमा परिवर्तनको नेतृत्व गरेका पार्टीहरु बीच भएको गठबन्धन देशलाई निकास दिन सक्षम रहेको उनको भनाइ थियो ।

यसैबीच चुनावि अभियानकै क्रममा पाँच दलिय बाम–लोकतान्त्रीक गठबन्धनका उम्मेदवारहरुले बाँकेको क्षेत्र नम्कर १ का बिभिन्न क्षेत्रमा घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।

अभियानकै क्रममा शनिवार कोहलपुर तथा राप्तीसोनारीका विभिन्न वडामा वडास्तरीय कार्यक्रम आयोजना सम्पन्न भएका छन् । बाँके क्षेत्र नम्बर १ मा पाँच दलिय वाम–लोकतान्त्रीक गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा वर्तमान सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) साझा उम्मेदवार छन भने प्रदेश सभा (क) मा माओवादी नेतृ कृष्णा केसी (नमुना) र प्रदेश (ख) मा कांग्रेसका युवा नेता फुलाराम थारु चुनावी मैदानमा होमिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?