उपेन्द्र यादवको प्रचारप्रसार गर्ने चिकित्सकलाई आयोगको स्पष्टीकरण

लोकपथ
0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष एवं सप्तरीका उम्मेदवार उपेन्द्र यादवको प्रचार गरेकोबारे राम राजा प्रसाद सिंह प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रन्जितकुमार सिंहलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

यादवले सेयर गरेको फेसबुक पेजमा डा. झाले गरेको प्रचार प्रसार बारे २४ घण्टाभित्र स्पष्टिकरण दिन आयोगले निर्देशन दिएको छ ।

निर्वाचन आयोगले एमालेबाट दाङकी उम्मेदवार कोमल ओलीलाई पनि स्पष्टीकरण सोधेको छ । उनले स्थानीय एक विद्यालयमा विद्यार्थीहरूलाई टिफिन टाइममा पार्टीको प्रचार गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?