काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा एमाले पार्टीले झुटको खेती गरेर जनता झुक्याउने काम गरेको आरोप लगाएका छन् । शनिवार सुनसरीको घुस्कीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
मन्त्री कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै जनता झुक्याउँदै आएको बताए । गठबन्धनका तर्फबाट सुनसरी ४ को प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार रहेका कांग्रेस नेता कार्कीले ओलीउपर संविधान प्रदत्त अधिकार कुण्ठित गर्ने काम गरेको बताए । मन्त्री कार्कीले केपी ओलीले प्रधानमन्त्री हुने बित्तिकै चुनावमा जनता सामू गरेका वाचा पूरा गर्न छाडेर संविधान प्रदत्त अधिकार कुण्ठित गर्ने कार्यमा जुटेकोे आरोपसमेत लगाए ।
मन्त्री कार्कीले नेपाली कांग्रेसले बोलेका कुरा गर्ने भन्दै आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन आग्रह गरे । उनले अहिले गठबन्धनको संस्कृतिलाई अघि बढाएको र यो गठबन्धनले नेपालको विकास गर्ने दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया