जसपाको प्रतिबद्धतापत्र : प्रत्यक्ष कार्यकारी राष्ट्रपति र मुख्यमन्त्री, अरु के–के छन् ? (पूर्णपाठ)

लोकपथ
42
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी निर्वाचनको लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

शनिबार जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रतिबद्धतापत्र (घोषणापत्र) सार्वजनिक गरेका हुन् ।

जसपाले प्रतिबद्धतापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको छ ।

त्यसैगरी प्रदेशका मुख्यमन्त्री पनि प्रत्यक्ष निर्वाचित हुनुपर्ने उसको प्रस्ताव छ । जसपाले संसदको चुनाव पूर्ण समानुपातिक हुनुपर्नेसमेत प्रस्ताव गरेको छ ।

त्यसैगरी निर्वाचित जनप्रतिनिधलाई खराब आचारण भए प्रत्याह्वान गर्न सकिने व्यवस्था हुनुपर्नेसमेत प्रस्ताव गरेको छ ।

त्यसैगरी प्रतिबद्धताअनुसार संविधान संसोधनमार्फत १० प्रदेश बनाउनुपर्ने बताइएको छ ।

अध्यक्ष यादवले कार्यक्रममा आफ्नो पार्टीले आजको युगमा राजनैतिक लोकतन्त्र मात्रै काम नभएको र अब सामाजिक, आर्थिक लोकतन्त्रको रुपमा पनि विकास गर्ने बताए । यस्तै, बहिस्करणमा परेका समुदायलाई सामाजिक न्यायको प्रणाली विकास गरी समावेशी लोकतन्त्रको अभ्यास गर्नु पर्ने उनले बताए ।

देशको बजेट घाटा जलविद्युतबाट टार्नु पर्ने वा कम गर्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?