जाजरकोटका सबै पालिकामा नमूना मतदान

RSS
21
Shares
gd’gf dtbfg hfh/sf]6 , !* sflQs M gnuf8 gu/kflnsfsf] k|zf;sLo s]Gb| bNnLdf gd’gf dtbfg x’Fb} . tl:a/ M x]dGt s];L÷/f;;

जाजरकोट । जाजरकोटका सबै पालिकामा नमूना मतदान भएको छ । स्थानीय सर्वसाधारणलाई सहभागी गराएर जिल्लाका सातै पालिकामा नमूना मतदान गरिएको हो । भोट बदर हुने संख्या कम गर्नका लागि नमूना मतदान आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी नवीन कठायतले जानकारी दिए ।

पालिकामा रहेका कर्मचारीको सहयोगमा सर्वसाधारणलाई सहित सहभागी बनाएर दल्ली, लिम्सा, खलङ्गा, शिवालय, मनघाट, भाम्र र जुनिचाँदेमा उक्त मतदान गरिएको उनको भनाइ थियो ।

त्यस्तै निर्वाचन शान्ति सुरक्षा र भएरहित तरिकाले सम्पन्न गर्नका लागि यही कात्तिक २० देखि मंसिर ४ गतेसम्म जिल्लाभर मेला, जात्रा, महोत्सव, खेलकुद प्रतियोगिताजस्ता कार्याक्रम स्थगित गरिएको छ । जिल्ला प्रशासनको आदेशमा सबै गतिविधि स्थागित गराइएको हो । मंसिर ४ गतेको चुनावलाई लक्ष्य गर्दै सबैखालका जनसहभागिता हुने कार्यक्रम बन्द गराइएको प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानले बताए ।

त्यस्तै, सुरक्षा व्यवस्थापनलाई मजबुद बनाउनका लागि पश्चिम जाजरकोटको वडावनमा सशस्त्र प्रहरीको क्याम्प स्थापना गरिएको छ । उक्त क्याम्पबाट पश्चिम क्षेत्रको सुरक्षा व्यवस्था मजबुद हुने अपेक्षा गरिएकोे छ । अहिले रहेका सबै सुरक्षाका कार्यालय क्षेत्र नम्बर १ मै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?