जसपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दे

लोकपथ
65
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आसन्न मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि जसपाले आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

दिउँसो २ बजे नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा एक कार्यक्रमका बीच घोषणापत्र सार्वजनिक गरिने पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिए । सत्ता गठबन्धनसँग असन्तुष्टि जनाउँदै जसपा नेकपा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा होमिएको छ ।

यसअघि नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?