संस्कृति र सम्पदा देशको सम्पत्ति हुन् ईश्वर पोखरेल

लोकपथ
26
Shares

काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संस्कृति र सम्पदा देशको अमूल्य सम्पत्ति भएको बताएका छन् ।

हरिबोधनी एकादशीको अवसरमा बुढानिलकण्ठ नगरपालिकाको धार्मिकस्थल बुढानिलकण्ठ मन्दिरमा लागेको मेलामा सहभागीहुँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले बुढानिलकण्ठ क्षेत्रको बृहत्तर विकासमा आफू सँधै सक्रिय रहेको बताए ।

उपाध्यक्ष पोखरेलले मन्दिर दर्शन गर्नुको साथै मन्दिरका पुजारी र अन्य मन्दिरका पदाधिकारीहरुसँग मन्दिरलाई थप व्यवस्थित बनाउने तथा मेलामा आएका भक्तालुहरुलाई सहज वातावरणमै बुढानिलकण्ठको दर्शन गर्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

पोखरेलसँगै एमालेका काठमाडौंका अध्यक्ष एवम् प्रदेश सभाका उम्मेदवार दीपक निरौला पनि बुढानिलकण्ठ पुगेका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?