त्रिवी परिसरमा ठोकियो चितुवासँग मोटरसाइकल, एक युवक घाइते

लोकपथ
21
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परिसरमा बिहीवार राती चितुवासँग मोटरसाइकल ठोकिँदा एक युवक घाइते भएका छन् । हिजो राति करिब ९ बजेतिर उक्त घटना घटेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा पर्नेमा २३ वर्षिय निशान्त चौधरी रहेका छन् । उनको उपचार हाल किर्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

दुर्घटना विश्वविद्यालय परिसरमा रहेको क्रिकेट मैदान नजिकै भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?