काठमाडौं ७ (क) का उम्मेदवार गोपाल मालीको उम्मेदवारी निष्कृय

लोकपथ
931
Shares

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ (क) का प्रदेश सभा सदस्य पदका उम्मेदवार गोपाल मालिले आफ्नो उम्मेदवारी निष्कृय पारेका छन् ।

शुक्रबार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँगको भेटपछि उनले आफ्नो उम्मेदवारी निष्कृय पारेका हुन् ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सचिवालय सदस्य तथा १७ वडाको ईन्चार्ज समेत रहेका मालीले आफ्नो स्वतन्त्र उम्मेदवारी निष्कृय गर्दै पार्टीलाई सघाउने भएका हुन् ।

मालीले पार्टीका वरिष्ठ उपाध्यक्ष पोखरेलसहित केन्द्रीय सदस्य नारायण सिलवाल, प्रदेश कमिटी सदस्य सिताराम रेग्मी, जिल्ला अध्यक्ष दिपक निरौला, जिल्ला कमिटी सचिवालय सदस्यहरु बिदुर प्रसाद अर्याल र विश्वराम सापकोटाको उपस्थितीमा उनी पुनः पुरानो जिम्मेवारीमा फर्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?