डीएनए मिलेपछि श्रेष्ठलाई पक्राउ गर्नुभन्दा मलाई पक्राउ गरियो : निहारिका राजपुत

लोकपथ
35
Shares

काठमाडौं । डीएनए मिलेपछि पनि अभियुक्तलाई पक्राउ गर्नुको सट्टा प्रहरीले आफूलाई पक्राउ गरेको भन्दै निहारिका राजपुतले आपत्ति जनाएकी छिन् ।

छोरासँग आरोपित श्रेष्ठको डीएनए म्याच भएको प्रमाण लिएर आरोपिलाई पक्राउ गर्न भन्दै आफू बालुवाटार जाँदा प्रहरीले आफूलाई पक्राउ गरेको उनले बताएकी हुन् ।

शिवराजले नशालु पदार्थ पिलाएर बलात्कार गरेपछि गर्भ बसेको भन्दै निहारीकाले जाहेरी दिएकी थिइन्। तर शिवराजले भने ती बच्चा आफ्नो नरहेको दाबी गर्दै आएका थिए।

शिवराजले बच्चा आफ्नो नभएको बताएपछि निरन्तर अनशन बस्दै आएकी निहारिकाले शितलनिवास अगाडि आत्मदहनको प्रयाससमेत गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?