कोरोना अपडेट : थप २५ जनामा संक्रमण पुष्टि

लोकपथ
39
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा गरिएको कुल १ अजार ८ सय ४५ परिक्षणबाट नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट २२ र एन्टिजेन विधिबाट ३ जना गरि कुल २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको हो ।

मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार कोरोनाबाट ज्यान गुमाउनेको संख्या शून्य रहेको छ । त्यस्तै, सो अवधिमा कोरोना विरुद्धको खोप लगाउनेको संख्या ५५ हजार २ सय ४० रहेको उल्लेख गरिएको छ ।

आज २८ जना संक्रमण मुक्तहुँदा देशभरमा अब सक्रिय संक्रमितको संख्या ५ सय ६९ मा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?