मतदाता अग्रगमनलाई रोज्न आतुर छन् : इश्तियाक राई

लोकपथ
52
Shares

बाँके । जनता समाजवादी पार्टी नेपाल बाँके क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले मतदाताहरूको विश्वास नतोड्ने बाचा गरेका गरेका छन् । बिहीबार चुनावी अभियानका क्रममा उनले भने, ‘मैले विगतमा काम गरेकै आधारमा तपाईंहरू फेरि हामीलाई भोट दिन आतुर हुनुहुन्छ । तपाईंले हामीबाट हुने विकासको अपेक्षा र विश्वासलाई तोड्ने छैनौं ।’

उनले कसैले फैलाएको भ्रम र अफवाहमा नलागेर सही र जनताको सधै सेवक हुने उम्मेदवारलाई मत दिन पनि अपिल गरे । ‘अब पनि मतदातालाई वेवकुफ ठान्ने र विकास कुरा गर्न नसक्नेहरूले सामाजिक सद्भाव भड्काउने खालका भाषणहरू गर्दै हिँडेका छन्’ उनले भने ‘जनतालाई थाहा छ कस्ता उम्मेदवारलाई भोट दिने भनेर गाली गलौजले कसैले चुनाव जित्दैन ।’

उनले फेरि पनि देशको शासन व्यवस्था खल्बल्याउन खोज्ने र फेरि पनि उहीँ पुराना मुद्दाहरू बोकेर चुनावी मैदानमा आएकाहरूलाई परिवर्तनकारी जनताले आफूहरूलाई कुरिरहेको पनि बताए । ‘बाँके क्षेत्र नं २ मा मतदाताले अग्रगमनलाई नै रोज्नेछन् । फेरि पुरानो युग ब्युँताउन खोज्नेहरूलाई जनताले पाखा लगाउने दिन नजिकिदैंछ । पश्चगमनले कहिल्यै जित्न सक्दैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?