एमाले कार्यकर्ता सवार गाडीबाट २ किलो चरेससहित एक पुरुष पक्राउ

लोकपथ
84
Shares

काठमाडौं । दुई किलो चरेससहित दान सिंह धामी पक्राउ परेका छन् । लागुऔषध चरेस बोकेर ल्याएको भन्ने विषेश सूचनाका आधारमा आज दिउँसो अपी हिमाल ५ लुम्टी बस्ने ४४ वर्षीय धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

से १ ज ६१८ नम्बरको गाडीमा यात्रा गरिरहेका उनलाई चेक जाँच गर्नेक्रममा दुई किलो चरेस फेला परेको ईलाका प्रहरी कार्यालय लटिनाथका ईन्सपेक्टर राजेश साहीले बताएका छन् ।

पक्राउ परेका धामीको साथमा लुकाएर राखेको अवस्थामा अझै चरेस रहेको खुलेको तर, कति परिमाणमा चरेस छ भन्ने नखुलेको साहीले जानकारी दिए ।

धामी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रममा सहभागी हुन एमाले नेता कार्यकर्ता बोकेको गाडीमा सवार थिए ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?