निगम नाफा भएपनि पेट्रोलियम पदार्थको मूल्य यथावत

लोकपथ
169
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । इण्डियन आयल कर्पोरेशन लिमिटेडले पछिल्लो पटक पठाएको मूल्यसूचीअनुसार पेट्रोल, डिजेललगायतको मूल्य केही बढेर आएको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोलमा रु ०.६१ प्रति लिटर, डिजेलमा रु ५.७६ प्रति लिटर, मट्टितेलमा रु ४.०१ प्रति लिटर, हवाई इन्धनमा रु ४.७७ प्रति लिटरले बढेर आएको छ । एलपी ग्यासमा केही घटेर आएको भएतापनि निगमलाई हाल डिजेलमा रु १२.१४ प्रति लिटर घाटा रहेको छ भने ग्यासमा रु २२८.८४ प्रति सिलिण्डर घाटा छ ।

पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफा समेतलाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करीब रु १८ करोड नाफा हुने प्रक्षेपण गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यद्यपि निगमले ईण्डियन आयल कर्पोरेशन र नेपाल सरकारलाई रु २९ अर्ब ११ करोड पुरानो ऋण तिर्न बाँकी रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?