रुपन्देही २ किशोरीमाथि सामूहिक बलात्कार, ९ जना पक्राउ

लोकपथ
7
Shares

काठमाडौं । रुपन्देहीमा २ किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार राति जिल्लाको कञ्चन गाउँपालिका–२ गोफ्लापुरका १५ र १६ वर्षीया दुई किशारीमाथि अपहरण गरी बलात्कार भएको थियो ।

अनुसन्धानको क्रममा प्रहरीले बिहीबार ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सैनामैना नगरपालिका–१० का १८ वर्षका बबि पाण्डे, २६ वर्षीय रामबहादुर बिक, सैनामैना–११ बनकट्टिकी १९ वर्षीय पदम कार्की र गैडहवा गाउँपालिका–८ का १८ वर्षीय राहुल परियारलगायत रहेका छन् ।

प्रहरीका अनुसार बुधबार सांस्कृतिक कार्यक्रम हेरेर फर्कने क्रममा ती किशोरीहरुलाई १०÷१२ जनाको समूहले सोही स्थानमा एक खोलाको किनारमा उनीहरुको सामूहिक बलात्कार गरेको हो ।

घटनाका सम्बन्धनमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?