काठमाडौं २ मा सत्ता गठबन्धनका उम्मेदवारले सुरु गरे घरदैलो

लोकपथ
26
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले घरदैलो अभियान सुरु गरेका छन् । गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुले बिहीवारदेखि संयुक्त रुपमा घरदैलो सुरु गरेका हुन् ।

प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्ती, क्षेत्र नम्बर २ (क) का प्रदेश सभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका नेता ध्रुव केसी र क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का नेता भरतप्रसाद फुँयालसहित गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्ताको टोलीले घरदैलो गरेको हो । टोलीले बिहीवार पेप्सीकोलादेखि नरेफाँटसम्म घरदैलो गरेको छ ।

घरदैलोको क्रममा हाते माइकबाट उम्मेदवारहरु घरदैलोमा आएको भन्दै प्रचार प्रसार गरिएको थियो भने आ–आफ्नो पार्टीको चुनाव चिन्ह अंकित झण्डा पनि बोकिएको थियो । सहभागी नेता, कार्यकर्ताहरुले ‘आयो, आयो, गठबन्धन आयो’ भन्दै नाराबाजीसमेत गरेका थिए । मतदाताको घर–घरमा नमस्ते गर्दै पुगेका उम्मेदवारहरुले गठबन्धनका उम्मेदवारहरुलाई मत दिन आग्रह गरिरहेको देख्न सकिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?