यस्ता छन् बद्री पाण्डेका १० संकल्प

लोकपथ
308
Shares

काठमाडौं । बाजुरामा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बद्री पाण्डेले आगामी निर्वाचनका लागि १० संकल्प सार्वजनिक गरेका छन् ।

पाण्डेले राजनीतिदेखि कृषि विकास तथा शिक्षा सुधार लगायतका बारेमा आफ्ना संकल्प सार्वजनिक गरेका हुन् ।

पाण्डेले आफ्नो पहिलो संकल्पमा राजनीतिक सुधारमार्फत सामाजिक रुपान्तरणमा जोड दिएका छन् । त्यसमा प्रतिनिधि सभाको पूर्ण कार्यकाल, निष्ठावान र नैतिक राजनीतिक नेतृत्व विकास, समृद्धि र नीतिगत स्थायीत्व लगायतका विषयहरु समेटेका छन् ।

त्यसैगरी गुणस्तरीय पूर्वाधार विकास अन्तर्गत साँफे–मार्तडी–कोल्टी सडक स्तरोन्नति, कर्णाली कोरिडोरको स्तरोन्नती, सेती लोकमार्ग निर्माणलाई तिव्रता लगायतका विषयहरु समेटिएका छन् ।

यता विकासका लागि विद्युतीकरण अन्तर्गत राष्ट्रिय प्रशारण लाइन विस्तार, कवाडी खोला जलविद्युत विकास लगायतका केही परियाजना निर्माणमा जोड दिने संकल्प सार्वजनिक गरेका छन् ।

सुदूरपश्चिम प्रदेशको विकट जिल्लाका रुपमा रहेका बजुरामा अझै पनि स्वास्थ्य सेवाको स्थिती नाजुक अवस्थामा रहेको छ । त्यसलाई नजिकबाट नियालेका पाण्डेले त्यहाँको स्वास्थ्यसेवा सुधारका लागि विभिन्न योजनाहरु सार्वजनिक गरेका छन् । पाण्डेले आधुनिक सेवा र सुविधायुक्त दुईवटा अस्पताल स्थापना र सञ्चालन, बृद्धबृद्धालाई घरमै नियमित स्वास्थ्य परीक्षणको व्यवस्थासहित विद्यमान अस्पतालको क्षमता विकास लगायतका योजना अघि सारेका छन् ।

त्यस्तै कृषि अन्तर्गत जडिबुटीको व्यवसायिक खेती विस्तार,एकीकृत कृुषि तथा पशुपन्छी विकास कार्यक्रम सञ्चालन, कृषिलाई प्राविधिक र यान्त्रिक सहयोग लगायत योजनाहरु अघि सारेका छन् ।

त्यस्तै एकीकृत बस्ती विकास, महिला दलित विपन्न अपांग र असहाय लक्षित कार्उक्रम, सँगै बसौँ : सँगै अघि बढौँ लगायतका कार्यक्रम मार्फत सामाजिक विकास र सुशासन कायम गर्ने संकल्प सार्वजनिक गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?