ठूला नेताहरुले नै स्वीकारेपछि ढुक्क भएर मतदान गर्न कांग्रेस नेता बजगाईंको आग्रह

लोकपथ
7
Shares

काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार एवम् नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले नेपालमा राजनीति दलप्रति वितृष्णा उठिरहेको भन्दै नेताहरुले देशको समृद्धि र विकासमा जोड दिन आवश्यक रहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेता बजगाईंले दलका प्रतिनिधित्वहरुले काम गर्न सकेनन् भन्ने जन जनआवाज उठिरहेको र अबको गठबन्धन सरकारले नै जनआवाजलाई चिर्ने काम गर्ने बताए।

नेता बजगाईंले पार्टीका कार्यकर्तालाई एकले अर्को पार्टीको चुनाव चिन्हमा कसरी मतदान गर्ने भन्ने संशय पैदा भइरहेकाले ठूला नेताहरुले नै एकअर्कालाई स्वीकारेपछि ढुक्क भएर मतदान गर्न आग्रह गरे।

उनले यो गठबन्धन आगामी दिनमा पनि लामो समयसम्म टिक्ने दाबी गर्दै गठबन्धनका उम्मेदवारहरुलाई धेरै भन्दा धेरै मत दिएर जिताउन आग्रह गरे ।

उनले नेपालमा गठबन्धनका नेताहरुबाट नै विकासका कार्यक्रमहरुले गति लिने दाबी गरे । उनले गोरखाको विकासका लागि आफू सदैव प्रतिवद्ध रहेको बताए ।

नेता बजगाईंले गठबन्धनले नै संविधान र जनताको हकहीतको सुरक्षा गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?