‘समृद्ध नेपाल,सुखी नेपाली’को अभियानलाई निरन्तरता दिनुपर्छ : उपमहासचिव गुरुङ

लोकपथ
35
Shares

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफू गण्डकी प्रदेशका मुख्यमन्त्री हुँदा जिल्लामा धेरै विकासका काम अघि बढाएको दाबि गरेका छन् ।

सुन्दरबजरका मतदाता भेटघाट कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले जिल्लाको खानेपानी, सडक, मोटरेवल, झोलुङे पुल, निर्माणदेखि स्वास्थ्य क्षेत्र, शिक्षालगायतका क्षेत्रको विकासलाई अघि बढाएको बताए । उपमहासचिव गुरुङले‘समृद्ध नेपाल,सुखी नेपाली’को अभियानलाई निरन्तरता दिनुपर्ने खाँचो औँल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?