धनगढीमा अवैध संरचना हटाउन सुरु

लोकपथ
26
Shares

काठमाडौं । कैलालीको धनगढीमा मापदण्ड विपरीत बनेका संरचना हटाउन सुरु गरिएको छ । बुधवारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन डोजर चलाएको हो ।

यसअघि भदौ १३ मा उपमहानगरपालिकाले सडक छेउका संरचना हटाउन पत्राचार गरेको थियो । सडकको विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको र सडकको दायाँ–बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन घर धनीलाई पत्राचार गरेको थियो । तर, घरधनीहरुले त्यसको बेवास्ता गरेपछि उपमहानगरपालिकाले संरचना हटाउन थालेको हो ।

संरचना हटाउन कार्यस्थलमा पुगनुभएकी धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले महानगरपालिकाले पत्राचार गर्दा बेवास्ता गरेकाले संरचना भत्काउन थालेको बताईन् । उनले बुधवारवाट सुरु भएको अभियानलाई निरन्तरता दिनेपनि जानकारी दिईन् ।

मापदण्ड विपरीत बनेका संरचना हटाउने अभियान पछिल्लो समय देशव्यापीरुपमा बढ्दै गइरहेको छ । यसअघि काठमाडौं, पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाले पनि अवैध संरचनहरुमा डोजर चलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?