राजनीति भन्दा माथि उठेर मतदान गर्न पाण्डेको आह्वान

लोकपथ
91
Shares

चितवन। राप्रपा वरिष्ठ उपाध्यक्ष एवम पुर्वमन्त्री विक्रम पान्डेले आम मतदाता लाई राजनीति भन्दा माथि उठेर यसपटक मतदान गर्न आव्हान गरेका छन् ।

नारायणी नदिमा स्नानपछि भरतपुर–१६ मा रहेको सिद्धि गणेश मन्दिरको पुजा अर्चना र गंगा आरती पछि उनले औपचारिक रुपमा निर्वाचन प्रचार अभियान लाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।

चितवन क्षेत्र नं ३ बाट राप्रपाको उम्मेदवार रहेका उनले आफू धर्म संस्कृति को पक्षधर रहेको कारण यसरी कार्यक्रमको सुभाम्भ गरेको बताए ।

आफू यो निर्वाचन क्षेत्रबाट गएको चुनावमा पराजय भए पनि क्षेत्र छोडेर नभागेको र भविष्यमा पनि जनताको माझ रहने बताए ।

आफू जनताको दुख र विकासको साथमा रहेको बताउँदै गत निर्वाचनमा आफू हार्दा चितवन हारेको र प्रचण्डले जित्दा पनि जनताले नै हारेको बताए ।

त्यहाँको जनतासँग अन्य नेताहरुले परिवर्तनका लागि राजनीति गरेको भनेपनि जनताको जीवन उकास्ने कुनै काम गर्न नसकेको आरोप समेत लगाएका छन् ।

उनले अन्य दलका मतदातालाई समेत एक पटक दल नभइ व्यक्ति छनोट गर्न आग्रह गरे ।

नेता पाण्डेले आफूसँग समग्र चितवन विकासको खाका रहेको कारण यो निर्वाचनमा आफुले जिते चितवनलाई सबैले प्रशंसा गर्ने चितवन निर्माण गर्ने दाबी गरेका छन्।

कार्यक्रममा क्षेत्र नं ३ ‘क’ का उमेदवार ज्ञानजंग लामा, ‘ख’ का उमेदवार रिना गुरुङ लगायत पार्टीका केन्द्रीय तथा जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?