तीन दलद्वारा चुनाव बहिस्कारको निर्णय

लोकपथ
49
Shares

विप्लव नेतृत्वको नेकपासहित तीन दलले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । सो निर्णय गर्नेमा विप्लवको पार्टीबाहेक ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहूति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल रहेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले पुँजीवादी संसदीय सरकारले आफ्नो व्यवस्था टिकाइराख्न निर्वाचन गर्न लागेको ठहर गर्दै निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको बताइएको छ ।

यसबारे जानकारी दिन जारी विज्ञप्तिमा चुनाव बहिस्कारसम्बन्धी कार्यक्रम र अपील कात्तिक १९ गते पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?