समानुपातिकतर्फ कुन दलले कति निर्वाचन खर्च गर्न पाउँछन् ? (सूचीसहित)

लोकपथ
35
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ दलले खर्च गर्न पाउने रकमको सीमा तोकेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्ने राजनीतिक दललाई बन्दसूचीमा कायम भएको उम्मेदवारको संख्याको आधारमा निर्वाचन खर्चको अधिकतम हद कायम गरिएको हो ।

राजनीतिक दलले निर्वाचन सम्बन्धी खर्च गर्दा दलको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम नामेसी सहितको विवरण १० दिनभित्र आयोगमा पठाउनु पर्ने निर्णय पनि आयोगले गरेको छ । आयोगका अनुसार प्रतिनिधिसभातर्फ समानुपातिकमा ४७ दलले भाग लिएका छन् । यस्तै प्रदेशसभातर्फ प्रदेश १ मा ३६, मधेस प्रदेशमा ३६, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा ३१, लुम्बिनी प्रदेशमा ३२, कर्णाली प्रदेशमा २८ र सुदूरपश्चिम प्रदेशमा ३४ दलले भाग लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?