काठमाडौं । निर्वाचन आयोगले कञ्चनपुर १ मा प्रतिनिधिसभा उम्मेदवार रहेकी माओवादी केन्द्रकी नेतृ बिना मगरलाई स्पष्टीकरण सोधेको छ । आयोगका अनुसार बिनालाई आ–आफ्नो निर्वाचन क्षेत्रमा २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधेको हो ।
आयोगले सोधेको स्पष्टीकरणपत्रमा भनिएको छ, ‘तपाईंले निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार तथा घरदैलो कार्यक्रम गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको अवस्थामा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम कारवाही किन हुनु नपर्ने हो ? यो पत्र कुनै माध्यमबाट तपाईंलाई प्राप्त भएको २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न अनुरोध छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया