प्रदेश र स्थानीय तहलाई धागो विनाको जंगाजस्तो हुन दिँदैनौं : सुरक्षामन्त्री

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले केन्द्र सरकार प्रदेश सरकारलाई अधिकार दिने कुरामा प्रतिबद्ध रहेपनि धागोबिनाको चङ्गाजस्तो भने हुन नदिने बताएका छन् । 

प्रदेश नम्बर २ सरकारले केन्द्र सरकारलाई चुनौति दिने निर्णय गरिरहेको सन्दर्भमा मन्त्री विष्टबाट सो धारणा आएको हो । 

‘कतिपय प्रदेशहरु धागो नभएको चंगा जसरी उड्न खोजिरहेका छन् । त्यसलाई साइजमा ल्याउनु  केन्द्रको कर्तव्य हुन आउँछ’, बिहीवार बुटवलमा आयोजित कार्यक्रममा मन्त्री विष्टले भने, ‘प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्छ तर धागो विनाको जंगाजस्तो हुन दिँदैनौं ।’

सरकारले चुनावी प्रतिबद्धताअनुसार काम गरिछाड्ने भन्दै विष्टले अहिले नै निराश नहुन पनि नेता कार्यकर्तालाई आग्रह गरे । 

केपी ओली नेतृत्वको सरकार गठनको ८ महिनाको अवधिमा संविधान कार्यान्वयनतर्फ केन्द्रीत हुनुपरेको भन्दै विष्टले अब आर्थिक समृद्धि र विकासमा केन्द्रीत हुने पनि बताए । 

चुनावमा वृद्धभत्ता बढाउने भन्दै गरिएको प्रतिबद्धतालाई कार्यान्वयन गर्दै लगिने समेत उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?