रिद्धि सिद्धि सिमेन्टद्वारा शून्यको कमाल उपभोक्ता मालामाल योजना सार्वजनिक

लोकपथ
0
Shares

काठमाडौं । सिमेन्ट उत्पादक कम्पनी, रिद्धि सिद्धिले शून्यको कमाल उपभोक्ता मालामाल योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको छ हात खाली नजाने उपहार जस अन्तर्गत हरेक ५० बोरा रिद्धि सिद्धि सिमेन्टको खरिदमा ग्राहकहरुले स्क्रयाच कुपन प्राप्त गर्नेछन् ।

यस कुपनहरुमा रु ५०० देखि रु १०,००० सम्म उल्लेख गरिएको हुन्छ । साथै शून्य अङ्क उल्लेखित कुपन प्राप्त गरि आफ्नो कुपनमा भएको रकम पछाडि शुन्य थप गरी १० गुणासम्म रकम प्राप्त गर्न सकिन्छ । यद्यपि ५० भन्दा धेरै संख्यामाको कुपन भएपनि प्रत्यक कुपनमा एकपटक मात्र – शून्यलाई पछाडि जोडेर एक लाख सम्म रकम प्राप्त गर्न मिल्नेछ ।

उदाहरणको लागिः रु १०,०००ं०. रु १,००,००० यदि रु ५,००० वा सो भन्दा माथिको रकम परेमा कम्पनीको आधिकारिम सम्पर्क नम्बरमा रजिष्टर गर्नु पर्नेछ र उक्त रकममा शून्य थप गरिएको अवस्थामा कम्पनीको आधिकारिक व्यक्तिबाट निमार्ण स्थलमै रकम प्रदान गरिनेछ ।

कम्पनीको मुख्य उद्देश्य भनेको ग्राहकहरूलाई उच्च प्राविधिक प्रणालीद्वारा उत्पादित सिमेन्ट उपलब्ध गराउनु र राष्ट्रमा सिमेन्ट गुणस्तरको नयाँ आयाम थप्नु हो ।

यसै क्रममा कम्पनीले ग्राहकहरुलाई विभिन्न योजनाहरु प्रदान गर्दै आएको छ र यसपाली भने ग्राहकहरुलाई प्रेरित गर्न यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो योजना २०७९ साल कार्तिक १५ गते मंगलबार देखि पुस ३० गतेसम्म मात्र लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?