प्रधानमन्त्री ओली अझै केहि दिन अस्पतालमै रहने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अझै केहि दिन अस्पतालमै रहने भएका छन् । 

अस्पतालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भएपनि हाल डिस्चार्ज गर्न नमिल्ने बताएका हुन् । 

प्रधानमन्त्रीको पछिल्लो रगत परीक्षण तथा छातीको एक्सरे रिपोर्ट सामान्य रहेको र स्वास्थ्य स्थिति सन्तोषजनक रहेपनि प्रधानमन्त्रीलाई दिइएको औषधिको मात्रा नपुगेकोले अझै केहि दिन अस्पतालमा नै रहनुपर्ने उनका निजी डा.अरुण सायमीले जानकारी दिए । 

प्रधानमन्त्री ओलीलाई छातीमा संक्रमण र शरिरमा चिनीको मात्रा असन्तुलन देखिएपछि गत सोमबार त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएको थियो ।

प्रधानमन्त्री ओलीको उपचारका लागि निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह, मुटु रोग विशेषज्ञ डा. अरुण सायमी, क्याबिनेट चिकित्सक तथा कलेजो विशेषज्ञ डा. दिलिप शर्मा र एनेस्थेसियाका डा. सुवास आचार्य रहेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?