कतार । कतारको चारदिने औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कंदै छिन् ।
मित्र राष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी गत सोमबार कतार भ्रमणमा गएकी थिइन् ।
कतार भ्रमणमा रहँदा राष्ट्रपति भण्डारीले कतारका अमिर लगायत सरकारी उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुका साथै विभिन्न स्थान र सम्पदाहरुको अवलोकन समेत गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीका साथ सम्मिलित उच्चस्तरीय सरकारी टोली पनि आजै स्वदेश फर्कंदै छन् ।
राष्ट्रपति भण्डारीलाई कतारका मन्त्री र कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइराला लगायत दूतावासका अधिकारीहरूले हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया