डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश (आदेशसहित)

लोकपथ
161
Shares

काठमाडौं । सर्वोच्च अदालतले ललितपुर क्षेत्र नं ३ बाट उम्मेदवारी डा. दिएकी तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश कुमार चुँडालको एकल इजलासले उनको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएको हो ।

निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेसँगै कार्की सोमबार सर्वोच्च गएकी थिइन् । त्यसको विरुद्ध परेको रिटमा सुनुवाइ गर्दैै सर्वोच्चले उनको उम्मेदवारी खारेज नगर्न आदेश दिएको सर्वोच्चका प्रवक्ता देवेन्द्र ढकालले लोकपथलाई जानकारी दिए ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट उम्मेदवारी दिएकी थिइन् । उनी मेडिकल काउन्सिलको केन्द्रीय सदस्य रहेको र त्यहाँबाट भत्ता लिने गरेको भन्दै आयोगले उनको उम्मेदवारी खारेज गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?