सर्लाही । नेपाली कांग्रेसले रामविलास महतो घटनाको दोषिलाई तत्काल पक्राउ गरी कारबाही नगरे आन्दोलन गर्ने चेतावनि दिएका छन् ।
बुधबार मलंगवा पुगेका कांग्रेस उपसभापति विमलेन्द्र निधिले मंगलबार सर्लाहीको रामनगरमा नेकपासँग भएको झडपमा कांग्रेस कार्याकर्ता महतोको दोषिलाई तत्काल पक्राउ गर्न माग गरेका हुन् ।
‘बद्नियत र दुरासयपूर्ण नियतले कम्युनिस्ट कार्यकर्ताहरुले रामविलास महतोको हत्या गरेका हुन् । घटनाप्रति नेपाली कांग्रेस गम्भिर छ । जुनसुकै पार्टीका भएपनि कडा कारबाहीका लागि स्थानीय, प्रदेशदेखि केन्द्रीय सरकारसँग कांग्रेस जोडदार माग गर्दछ’ उपसभापति निधिले भने ।
उनले रामविलासलाई शहिद घोषणा, पीडित परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार र खर्च व्यवस्था तथा अपराधीलाई तत्काल पक्राउ गर्न समेत माग गरेका छन् ।
उपसभापति निधिसँगै केन्द्रीय सदस्य आनन्द ढुंगाना, सांसद अमरेशसिंह, प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव, नेका सर्लाही सभापति नागेन्द्र यादवलगायत महतोलाई श्रद्धान्जली दिन बुधवार मलंगवा आएका थिए ।
बुधवारनै कांग्रेसले शान्ति व्यवस्थाको माग गर्दै हत्यारालाई तत्काल पक्राउ गर्न ज्ञापनपत्र बुझाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया