इटालीमा आँधीका मृत्युहुनेको संख्या एघार पुग्यो,  उद्धार कार्य जारी

एजेन्सी । इटालीमा मङ्गलबार आएको डरलाग्दो आँधीमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । 

दक्षिणी तथा मध्य यूरोपका अधिकांश क्षेत्रमा खराब मौसमका कारण पर्यटक तथा यात्रुहरू हजारौँको सङ्ख्यामा बाटोमा अलपत्र परेका सञ्चारमाध्यमले जनाएका छन् । हिमबर्षाका कारण यात्रामा हिँडेका सवारी चालक तथा यात्रुहरूले गाडीभित्रै सुतेर रात विताएका छन् । 

आँधीका रूख ढलेर विभिन्न क्षेत्रमा बाटो बन्द भएपछि सवारी साधन बीचमै अलपत्र परेका थिए । 

इटालीको भेनिस शहरमा १८० किलोमिटरको गतिमा आएको हुरीका र व्यापक बर्षाका कारण कतिपय गहिरा क्षेत्रहरू डुबानमा परेका छन् । 

अधिकारीहरूले दिएको जानकारी अनुसार बर्षापछि मङ्गलबार गएको पहिरोले घर पुर्दा ट्रेन्टिनोमा एक महिलाको मृत्यु भएको छ भने सोमबार उक्त क्षेत्रमा करिब पाँच जनाको मृत्यु भएको बताइएको छ । दक्षिणी टायरोलमा उद्धारका लागि खटेका एक जना अग्नी नियन्त्रकको मृत्यु भएको छ भने भेनेटोमा एक व्यक्तिको मृत्यु भएको छ । 

मृत्यु हुनेमध्ये विदेशी नागरिक रहेको सूचना नपाइएको इटालीका अधिकारीले जनाएका छन् । हिमबर्षाका कारण स्वीट्जरल्याण्डको स्टेलभियो पास क्षेत्रमा पर्यटक तथा होटेलहरु पनि फसेका छन् ।  उनीहरूको उद्धारका लागि उद्धारकर्मीहरू खटिरहेका छन् । 


अझै केही दिन तयाहाको मौसम खराब रहने बताइएको छ भने विद्तिय पनि प्रभावित भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?