सिँचाइ समस्या समाधानका लागि डिपबोरिङ निर्माण गर्छु : राजकिशोर यादव

लहान । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले आफ्नो संसदीय कोषको लगानीमा सिरहाको मिर्चैैया नगरपालिकामा डिपबोरिङ निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

मिर्चैया नगरपालिका–८ मा बडादशैँ, शुभदीपावली तथा छठको अवसरमा आज विहान आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सिरहा क्षेत्र नं ४ का प्रतिनिधिसभाका सांसदसमेत रहनुभएका यादवले किसानले भोग्दै आएको सिँचाइ समस्या समाधानका लागि डिपबोरिङ निर्माण गर्ने बताएका हुन् । 

आफ्नो संसदीय विकास कोषको करीब रु एक करोडको लागतमा निर्माण हुने डिपबोरिङको शिलान्यास छठलगत्तै हुने र त्यसले करीब १०० बिघा जमीनमा सिँचाइ पुग्ने उनले विश्वास व्यक्त गरे । 

कार्यक्रम पार्टीका नेता कार्यकर्ता, नागरिक समाज, बुद्धिजीवी र व्यापारीलगायतको सहभागिता रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?