प्रधानमन्त्री ओलीले गरे रक्षा, गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक रुपमा बैठक बसी कामको थालनी गर्ने भएका छन् । 

शिक्षण अस्पतालमा सोमबारदेखि उपचारार्थ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै प्रा. डा. अरुण सायमीले रक्षा, गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै बैठक राखी आफ्नो कामको सुरुवात गरेका हुन् ।  

उनले भने, “प्रधानमन्त्रीले राम्ररी सुत्नुभएको छ, राम्ररी खानुभएको छ, आरामका लागि मात्र हामीले केही दिन अस्पतालमा बस्नुपर्छ भनेर सल्लाह दिएका हौँ ।” 

अस्पतालका निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले गत सोमबार भर्ना भएपछि अहिलेसम्मको अवधिमा प्रधानमन्त्रीको स्वास्थ्यमा प्रत्येक घण्टा सुधार आएको छ, एन्टिवायोटिकको कोर्ष एक÷दुई दिन बाँकी रहेकाले त्यो अवधिसम्म अस्पतालमै रहनु उपयुक्त हुने सल्लाह प्रधानमन्त्री ओलीलाई दिएको जानकारी दिए । 

प्रधानमन्त्रीका स्वास्थ्य अवस्थाका बारेमा अस्पतालले आज बिहान १० बजे जारी गरेको प्रेस विज्ञप्तिमा बिहान परीक्षण गरिएका रिपोर्टहरू सन्तोषजनक रहेको र स्वास्थ्य स्थितिमा थप सुधार देखिएको उल्लेख छ ।

त्यस्तै मंगलवार विज्ञप्ति जारी गर्दै शिक्षण अस्पतालले प्रधानमन्त्री ओलीलाई भेट्न प्रतिबन्धन लगाएको थियो । 

उनलाई भेट्न आउने सुभेच्छुकलाई विशेष अनुरोध गर्दै भेटघाटमा प्रतिबन्ध लगाएको अस्पतलाका कार्यकारी निर्देशक श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको थियो ।

प्रधानमन्त्रीको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै अस्पतालले यस्तो निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?