प्रधानमन्त्री ओलीलाई अस्पतालमा भेट्न प्रतिबन्ध (विज्ञप्ति)

काठमाडौं । शिक्षण अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न आउने सुभेच्छुकलाई विशेष अनुरोध गर्दै भेटघाटमा प्रतिबन्ध लगाएको जनाएको छ । प्रधानमन्त्रीको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै अस्पतालले यस्तो निर्णय गरेको हो ।

छातीमा संक्रमण देखिएपछि अस्पतालमा भर्ना गरिएका ओलीलाई भेट्न तथा स्वास्थ्य लाभको कामना गर्न शुभचिन्तकहरु आइरहेको अवस्थामा अस्पतालले स्वास्थ्यलाई मध्यनजर गर्दै भेटघाटमा रोक लगाएको हो ।

अस्पतालले विज्ञप्तिमा भनेको छ, ‘चिकित्सकीय राय अनुसार भेटघाटलाई प्रतिबन्ध गरिएको व्यहोरा सम्बन्धित सबैमा अनुरोध गर्छौैं ।’

विज्ञप्तिमा प्रधानमन्त्री ओलीले भेट्न आउने सबैलाई धन्यवाद ज्ञापन गरेको पनि भनिएको छ ।

एक्कासी छातीमा संक्रमण देखिएपछि ओली कार्तिक १२ गते अस्पताल भर्ना भएका थिए । उनी नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा समेत सहभागी भएका थिएनन् ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?