मृतकलाई शहीद घोषणा गनुपर्छ: सांसद सिंह

काठमाडौं । सर्लाहीको रामनगर ४ मा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा रामविलास महतोको मृत्यु भएको छ । 

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले झडपमा संलग्नहरुलाई कारबाही नगरसम्म मृतकको शव नउठाउने बताएका छन् ।

सर्लाहीको रामनगर ४ मा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा रामविलास महतोको मृत्यु हो । उनी वडाध्यक्ष रामनरेश महतोका काका हुन् । रामनरेशलाई नेकपाका कार्यकर्ताले सोमबार कुटपिट गरेका थिए ।

त्यही विषयलाई लिएर मंगलबार दुई दलका कार्यकर्ताबीच फेरि झडप भएपछि स्थिति तनावग्रत बनेको छ ।

मृतकलाई शहीद घोषणा गरेर पीडित परिवारलाई राहत दिनुपर्नेसमेत नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?