बर्दियाका किसानलाई धान भित्र्याउन चटारो

RSS
78
Shares
wfg sf6b} u/]sf ls;fg s~rgk’/, !* c;f]h . s~rgk’/sf] hf]gfk’/sf ls;fg v]tdf kfs]sf] wfg sf6b} . t:jL/ M /fh]Gb|k|;fb kg]?, /f;;

बर्दिया । बर्दियाको बबई र कर्णाली नदीमा आएको बाढीले क्षति पुर्याएको धान भित्र्याउन राजापुर नगरपालिका–२ का ५८ वर्षीय सन्तोष थारूलाई एक छिन फुर्सद छैन । तिहार सकिएलगत्तै उनलाई अहिले पाकेको धान भित्र्याउने चटारो भएको हो ।

यस्तै, गेरुवा गाउँपालिका–५ गिदरपुरकी भूमिसरा चलाउने पनि परिवारसहित दसैँको बेला आएको वर्षाले ढलेको र भिजेको धान काट्न व्यस्त छन् । फेरि पानी परेर धान नष्ट नहोस् भन्दै परिवारसहित पाकेको धान भित्र्याउन भ्याइनभ्याइ भएको हो । गतवर्ष पनि धान काट्ने बेला कात्तिक २ गते आएको बढीले ठूलो क्षति पुर्यायो ।

क्षतिको विवरण लिएर गए पनि धानको क्षतिपूर्ति नदिइएको गेरुवा गाउँपालिका–२ का सञ्जय आचार्यले गुनासो गरे । यसवर्ष पनि सहयोग नपाएको उनको भनाइ थियोे । मानो छरेर मुरी भित्र्याउने समय भएकाले निर्वाचनको चहलपहललाई बेवास्ता गर्दै र सबै काम छाडेर पाकेको धानबाली भित्र्याउन जुटेको मधुवन नगरपालिका–२ ओराली बजारका रामपाल चौधरीले बताए ।

उनले भने, ‘गतवर्ष वर्षातले सबै बाली सखाप पारेको थियो फेरि पनि वर्षा हुन्छ भन्ने डरले धानबाली भित्र्याउन बिहानदेखि बेलुकीसम्म खटिनु परेको छ ।’ गुलरिया, मधुवन, राजापुर, गेरुवा र बारबर्दियामा छ हजार बिघा धानबालीमा क्षति पुगेको एकीकृत कृषि तथा पशुपन्छी कार्यालयका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?