इटहरीमा मोटरसाइकल ठोकिँदा तीन जनाको मृत्यु

लोकपथ
156
Shares

सुनसरी । सुनसरीको इटहरी–१० मा शुक्रबार साँझ दुइटा मोटरसाइकल आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी तीन जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मोरङको बूढीगंगा गाउँपालिका १ का ३० वर्षीय ओजराज लुइँटेल, धरान १५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राईको मृत्यु भएको छ ।

तीनै जनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?