बारामा मोटरसाइकलसँग दुर्घटना : आमाको मृत्यु, छोरा घाइते

लोकपथ
143
Shares

बारा । बाराको पथलैयामा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । छोराले चलाएको मोटरसाइकल पछाडि सवार आमाको दुर्घटनामा ज्यान गएको र छोरा घाइते भएको प्रहरीले जनाएको छ ।

हेटौंडा १६ की ४५ वर्षकी होम थापा मगरको घटनास्थलमा नै मृत्यु भएको हो । उनको उपचारका लागि अस्पताल पु¥याइएको थियो । अस्पतालमा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए ।

मोटरसाइकल चलाएका उनका छोरा २३ वर्षका पुजन थापाको सिमरामा रहेको अल्पाइन अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?